काठमाडौँ,१० चैत ।
सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।
पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेगरी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारीस्वरुप मन्त्रालय आन्तरिक छलफलमा जुटेको जानकारी दिए ।
यससम्बन्धमा यातायात व्यवस्था विभागले पनि छलफल अघि बढाएको छ ।
विभागले आज यातायात व्यवसायीसँग छलफल गर्दैछ ।
सरकारले खाना पकाउनको लागि ग्याँसको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न पनि आग्रह गर्दै आएको छ ।
अमेरिका,इजरायल र इरानको कारण खाडी मुलुकहरुमा बढेको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
कोरोना सक्रमणको बेलामा पनि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।








