काठमाडौँ,९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । यस रिटमाथि मंगलबार सुनुवाइ हुनेछ ।

सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । रिट निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।