काठमाडौँ,९ चैत ।
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार, बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस्तै, आज बिहान दार्चुलामा पनि भूकम्प गएको थियो । आज बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।