काठमाडौँ,६ चैत ।
मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको सुरक्षाको माग गर्दै विद्यार्थीले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
शुक्रबार संयुक्त विद्यार्थी संगठनको आयोजनामा विद्यार्थीहरूले राजधानी काठमाडौंमा प्रदर्शन गरेका हुन् । उनीहरूले मध्यपूर्वका देशमा कार्यरत नेपाली नागरिकको सुरक्षाको पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
शान्तिको कामना गर्दै विद्यार्थीहरूले इरानमाथि भइरहेको आक्रमण बन्द गर्न पनि माग गरेका छन् ।
तीन सातादेखि अमेरिका र इजरायले इरानमाथि आक्रमण जारी राखेको छ । त्यसको प्रतिउक्तरमा इरानले पनि मध्यपूर्वका देशमा रहेका अमेरिकी सैनिक अखडा र इजरायलमाथि आक्रमण गरिरहेको छ ।








