बुटवल,६ चैत ।
आज मध्यान्हदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा भएको छ ।

दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा धेरै ३३.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीका विभिन्न जिल्लामा पनि वर्षा भएको छ ।

वर्षासँगै आएको हावाहुरीले जनजीवन प्रभावित भएको छ । साथै बागमती प्रदेशका विभिन्न जिल्लामा पनि दिउँसो २ बजेतिर वर्षा गराउने भित्रिसकेको महाशाखाले जनाएको छ ।

हाल काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेको छ ।

हावाहुरीको समयमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।