काठमाडौं,५ चैत ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ ।
नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग बिहीबार संघीय संसद सचिवालयमा छलफल पछि आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाइएको छ ।
दलहरूसँग शपथ ग्रहण,अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गराउने तयारी भएको छ । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाइने संसद सचिवालयले जानकारी दिएको छ ।








