काठमाडौँ,५ चैत ।
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भू-भाग र मधेशमा आंशिक बादल लागेको छ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत सुदुरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।