काठमाडौँ,३ चैत ।
जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित आयोगकाे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी २.० ले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार जेनजीको टोलीले गृहमन्त्री अर्याललाई भेटेर ज्ञापनपत्र बुझाउँदै कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक माग गरेको हो ।
आयोगले अध्ययन, अनुसन्धान तथा तथ्य प्रमाणका आधारमा तयार पारेको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले तत्काल सार्वजनिक गर्नुपर्ने जेनजी २.० का प्रवक्ता अविन लिम्बूले बताए ।
प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास पैदा हुने उनीहरूले जनाएका छन् । त्यसैले छानबिन प्रतिवेदन तत्कालन सार्वजनिक गर्न उनीहरूले माग गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले गत फागुन २४ मा प्रतिवेदन बुझाएको थियो ।








