काठमाडौँ,२ चैत ।
जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरूले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सोमबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । जेनजी अलायन्स मुभमेन्ट, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले संयुक्त रुपमा प्रदर्शन गरेको हो ।
जेनजी आन्दोलनको छानबिन गर्न सरकारले गौरबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले फागुन २४ गते छानबिन प्रतिवेदन बुझाएको थियो । सरकारले छानबिन प्रतिवेदन सार्वजनिक नगरेपछि जेनजी आगुवा प्रदर्नमा उत्रिएका हुन् ।








