काठमाडौं,२८ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् ।

उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेलाई भाइरल ज्वरो आएको छ ।

दौडधुप र प्रेसरको कारणले सभापति लामिछानेलाई भाइरल ज्वरो आएको हुनसक्ने भन्दै आचार्यले पुरानो खुट्टाको घाउ भने निको हुँदै गएको जानकारी दिए ।

आचार्यका अनुसार, लामिछाने अस्पताल भर्ना भएका छैनन् । उनी काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरेर बसिरहेकाे स्वकीय सचिव आचार्यले बताए ।