काठमाडौँ,२६ फागुन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा लागेको तालाबन्दी खुलेको छ ।

एन्फा र खेलाडीबीच सहमति भएपछि मंगलबार एन्फा कार्यालयको तालाबन्दी खुलेको हो ।

नेपाल फुटबल खेलाडी संघले एन्फाले समयमा लिग नगरेको खेलाडीको बेवास्ता गरेको भन्दै एन्फा कार्यलयमा तालाबन्दी गरेका थिए ।

खेलाडी संघले ए डिभिजन लिग सञ्चालनको सुनिश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने जस्ता मागप्रति एन्फा सकारात्मक भएपछि सहमति भएको जानकारी दिइएको छ ।