काठमाडौँ,२६ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म एक करोड २ लाख ६७ हजार ७३ मत गणना भएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार रास्वपाले ४९ लाख ३६ हजार ६५७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.१ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ६९ हजार ५५९ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १३ लाख ८७ हजार १६९ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५० हजार ८१ मत प्राप्त गरेको छ

त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ८०७ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २२ हजार ८९ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।

समानुपातिक तर्फ कुल एक करोड ९ लाख ७७ हजार ७११ खसेको मत थियो ।