काठमाडौँ,२३ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा जारी रहदा कलाकार दीपकराज गिरीले विश्लेषकहरूको विश्लेषणले हावा खाएको टिप्पणी गरेका छन् ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत विजयतर्फ उन्मुख भइरहँदा कलाकार गिरीले उक्त टिप्पणी गरेका हुन् ।

अभिनेता तथा फिल्म निर्मातासमेत रहेका दीपकले फेसबुकमा लेखेका छन्,‘जब जनताले नै क्यालकुलेटर चलाउन थाल्छन्, विश्लेषकहरूको जोड-घटाउले हावा खाने रहेछ!’

हाल १३३ सिटमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०१ सिटमा अग्रता लिइरहेको छ ।

फागुन २१ गते बिहीबार देशभर सम्पन्न चुनावको अहिले मतगणना जारी छ ।