बुटवल,१९ फागुन ।
रुपन्देही-१ का उम्मेदवार हजारीलाल मालीलाई पुत्र शोक परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बाट रुपन्देही क्षेत्र नं.१ का उम्मेदवार हजारीलाल मालीका छोरा अजय मालीको संयुक्त अरब इमिरेट्स (यूएइ) मा मृत्यु भएको हो ।

तिलोत्तमा-७ का २७ वर्षीय अजय १५ महिनादेखि अबुधावीमा कार्यरत थिए ।

इरानले त्यहाँस्थित अमेरिकी सेनाको क्याम्पमा मिसाइल प्रहार गरेपछि केही समय उनी सम्पर्कबिहीन बनेका थिए । मिसाइल आक्रमणपछि त्रसित भएका उनको फागुन १७ गते बिहान हृदयघातबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

अजय अबुधावीस्थित गोल्डेन डुनेस कन्स्ट्राक्टिङ एलएलसी कम्पनीमा कार्यरत उनका काका सागर मालीले जानकारी दिए ।

दुई छोरी र एक छोरासहित तीन सन्तान रहेका हजारीलालका जवान छोराको अवुधाविमा मृत्यु भएसंगै माली परिवार यतिवेला शोकमा डुबेको छ ।

निर्वाचनको मुखमा उम्मेदवार हजारीलालका छोराको मृत्युको खवरले मतदातालाई समेत स्तब्ध बनाएको छ ।