सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशबाट
काठमाडौँ,१६ फागुन ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको जनाएको छ ।
देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ । सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएकाे आयोगका आयोगका कानुन अधिकृत जोशीले जानकारी दिए ।








