काठमाडौँ,१४ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३ दिन देशभर सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी निर्वाचनका लागि ३ दिन देशभर सार्वजनिक बिदा दिइने जानकारी गराएको हो ।
सूचनाअनुसार फागुन २०, २१ र २२ गते मुलुकभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।
गृह मन्त्रालयका सहसचिव/प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, ‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मिति २०८२/११/२० देखि २०८२/११/२२ गतेसम्म ३ (तीन) दिन मुलुकभर सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’






