चितवन,१३ फागुन ।
मकवानपुरको हेटौँडामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ ।
बुधबार बिहान हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मकवापुरकै राक्सिराङ गाउँपालिका-१ बस्ने २२ वर्षीय संजित स्याङ्तान र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल फरार सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीको भनाई छ ।








