नवलपरासी,१ फागुन ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले ३१ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बर्दघाट–४ दिब्यनगरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारीले शुभकामना मन्तब्य राख्दै साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गरेर मात्र जनयुद्ध प्रति न्याय हुने बताए । कार्यक्रमको संचालन पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकालले गरेका थिए ।








