नवलपरासी,१ फागुन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी सेक्रेटरी रवि पाण्डेयलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जनयुद्व दिवस र निर्वाचन बहिष्कारको प्रचार गर्ने सिलसिलामा बुद्ध चोकमा कालो ब्यानर राख्ने नेतृत्व गरेको अभियोगमा पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले गिरफ्तार गरेको हो ।
कार्यक्रम सकेर होटलमा बसेको बेला संयुक्त संघर्ष समिति नवलपरासी संयोजक समेत रहेका पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छ्न ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,नेकपा( बहुमत), नेकपा र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्वाचन बहिष्कारको पक्षमा छ्न ।









