“गाँस,बास,कपाल,स्वास्थ्य,शिक्षा र राेजगार” तथा गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनकाे पहल गर्ने मुख्य एजेन्डा
भैरहवा,१ फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट रूपन्देही क्षेत्र नं ३ का उम्मेदवार माेजिव अलिले “गाँस,बास,कपाल,स्वास्थ्य,शिक्षा र राेजगार”सहितको नागरिक सम्बाेधन-पत्र (घाेषण-पत्र) सार्वजनिक गरेका छन् ।

पार्टीका केन्द्रीय सचिव समेत रहेका उम्मेदवार अलिले शुक्रबार भैरहवामा एक कार्यक्रमकाबीच नागरिक सम्बाेधन-पत्र सार्वजनिक गरेका हुन् ।

रूपन्देही क्षेत्र नं ३ मा “गाँस,बाँस,कपास,स्वास्थ्य,शिक्षा र राेजगार” सहितको नागरिक सम्बाेधन-पत्र मा हाल छिटफुट मात्रामा मात्रै चलेको भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गर्ने,त्यस क्षेत्रका उद्योगी ब्यवसायीका समस्या समाधान गर्न पहल गर्ने,६० बर्ष पुगेका नागरिक,गर्भवती महिला,दीर्घ राेगी,अपांगता तथा असक्तहरूकाे घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने,एम्बुलेन्स र शव बाहन निशुल्क गर्नेदेखि भिडभाड हुने क्षेत्रमा निशुल्क वाईफाईकाे ब्यवस्था गर्ने प्रतिवद्वता जनाइएको छ ।

त्यसैगरी त्यस क्षेत्रका जनताका लागि सहुलियत दरमा “जिवनाेपयाेगी बीमा कार्यक्रम” सञ्चालन गर्ने सबै सरकारी विद्यालय तथा क्याम्पसहरूलाई आधुनिक प्रविधियुक्त बनाउन “जनमुक्ति बिशेष शैक्षिक कार्यक्रम” सञ्चालन गर्ने,कृषिमा आत्मनिर्भर बनाउनुका साथै पर्यटन प्रवर्द्धन र युवा राेजगार कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिने नागरिक सम्बाेधन पत्रमा उल्लेख छ ।

केन्द्रीय घाेषणा-पत्रमा राइट टु कलकाे प्राबधान समावेश गरेको जनमुक्ति पार्टीले निर्वाचन क्षेत्रीय घाेषणा पत्रमा भैरहवामा निर्माण सम्पन्न बिशेश आर्थिक क्षेत्र सेज सञ्चालन गर्ने पहल गर्नेदेखि यश क्षेत्रका उद्योगी ब्यवसायीका समस्या समाधानकाे पहल गर्ने प्रतिवद्वता समेटिएको छ ।

पार्टीका क्षेत्रीय अध्यक्ष हरी दर्लामीकाे सभापतित्ब र पार्टीका केन्द्रीय उपाध्यक्ष हाजि डा माेहमद हसनकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका संघीय महासभा सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मण्डलका अध्यक्ष नरजंग गुरूङ, क्षेत्रीय सचिव ओम राना,क्षेत्रीय काेषाध्यक्ष माया सारूलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

त्यस क्रममा पार्टीका उपाध्यक्ष हाजी डा माेहमद हसनले पार्टीको
क्षेत्रीय चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन समेत उद्घाटन गरेका थिए ।