नवलपरासी,२९ माघ ।
जनयुद्ध दिवसको पुर्ब सन्ध्यामा संयुक्त संर्घष समिति नवलपरासी अन्तगरत बिभिन्न बहिष्कारवादी पार्टीले बर्दघाट बजारको चोकचोकमा कालो ब्यानर लगाएर निर्वाचनको बिरोध गरेका छन ।

निर्वाचन बहिष्कारको पक्षमा प्रचार प्रसार तीब्र बनाउदै संयुक्त संघर्ष समिति सम्बद्व पार्टीहरुले समितिको संयुक्त र पार्टीको एकल कालो ब्यानर लगाउदै निर्वाचनको बिरोध गरेका हुन । साम्राज्यवादद्वारा प्रयोजित संसदीय निर्वाचन बहिष्कार गर्न आब्हान गर्दै जिल्ला संर्घष समितिले प्रचार प्रसारको गतिबिधि तीब्र बनाएको संयोजक रवि पाण्डेयले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणको संर्घषका कार्यक्रम बमोजिम पर्चा वितरण,पम्पलेट,ब्यानर टाग्ने र घरदैलो कार्यक्रमहरु जिल्लाका बिभिन्न पालिकास्तरमा भइरहेका छन् । कालो ब्यानर लाई प्रहरी प्रशासनले आचारसंहिता उल्लंघन भन्दै हटाउने गरेपनि बहिष्कारवादी दलले भित्तेलेखन मार्फत पनि बहिष्कार कार्यक्रमलाई बढावा दिइरहेको स्थानीयवासी बताउछन । जिल्लामा केन्द्रीय संर्घष समितिमा सम्बद्ध चार पार्टी मध्ये क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (बहुमत) क्रियाशिल रहेको समितिले जनाएको छ ।

सुशिला कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिदै संर्घष समितिले स्वाधीन संयुक्त सरकारको माग गर्दै आएको छ । बहिष्कार आन्दोलनमा बैक तथा बित्तीय पीडित, मिटर ब्याज पीडित मजदुर एंव किसान तथा नो भोट अभियानलगायतको साथ रहेको संर्घष समितिले जनाएको छ ।

बर्दघाट-४को वडा कार्यालयको पर्खालमा टागिएको कालो ब्यानर जुन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयबाट २ सय मिटर नजिकै छ ।