काठमाडौ,२७ माघ ।
जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले मंगलबार (माघ २७) गते काठमाडौँको गोकर्णश्वर नगरपालिका–२ स्थित नयाँ पार्टीबाट २९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीनवास नगरपालिका–५ बस्ने ३१ वर्षीय डिल्लीबहादुर कटुवाललाई मंगलबार दिउसो साढे १ बजे ब्राउन सुगरसहितपक्राउ गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । डीएसपी थापाका अनुसार सशस्त्रको इन्टेलिजेन्स व्यूरोले उनलाई पक्राउ गरेको हो ।
कटुवालको साथबाट लागुऔषध तौल मेसिने, मोवाईल र ५ हजार रुपैयाँ समेत बरामद भएको छ ।
उनलाई बरामद लागुऔषध तथा अन्य सामानसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।








