काठमाडौँ,२६ माघ ।
नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा विद्यालयको नाममा रहेको एक विगहा १० कठ्ठा १० धुर जग्गाको कुनै पनि निर्णय नगरी ५ फिट गहिरो माटो निकाली १० लाख ८ हजार ७०३ बराबरको बेचबिखन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको होइन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका-४ का दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।








