बुटवल,२१ माघ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभर सार्वजनकि विदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८१ चैत २१ गते प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा आज माघ २१ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल समारोहको आयोजना गरेका छन् ।