फागुन १ गतेदेखि लागु हुने

काठमाडौँ,२० माघ ।
स्वास्थ्य बीमा बोर्डले वीमाको दायरा ओपिडीमा प्रति परिवार २५ हजारमा सिमित गरेको छ ।

नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउन बोर्डको ब्ययभार कम गर्ने उद्देश्यले पुस २४ को बोर्ड बैठकको निर्णयानुसार हाल सुविधा थैलीमा रहेको बहिरंग (ओपिडी) सेवा प्रयोगमा प्रति परिवार (बढीमा पाँच) जनाको लागि वार्षिक २५ हजार बराबरको सुविधा र प्रत्येक थप एक (१) सदस्य बराबर ५ हजार बराबरको थप सेवा सुविधा निर्धारण गरिएको जानकारी दिएको छ ।

बोर्डले यो प्रावधान फागुन १ गतेबाट लागु हुने जानकारी दिएको छ ।

यसअघि यो सुबिधा एक लाखसम्म रहेको थियो । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको जनाएको छ ।

साथै बोर्डले स्वास्थ्य बीमा नियमावली अनुसूची-६ बमोजिम ८ (आठ) प्रकारका कडा तथा दिर्घरोगहरुको उपचारको विषयमा हाल व्यवस्था भए बमोजिम नै हुने स्पष्ट गरेको छ ।