अचारसंहिता पालनामा कडाइ गर्नुपर्नेमा जाेड
बुटवल,१९ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्व्च्छ,निस्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जाल मुख्य चुनाैती रहेको सराेकारवालाहरूले बताएका छन् ।

संवाद समूह लुम्बिनीको सहजिकरणमा साेमबार बुटवलमा आयोजित “आगामी निर्वाचन स्व्च्छ,निस्पक्ष,भयरहित र विश्वसनीय बनाउन नागरिक समाजको भूमिका” बिषयक संवाद कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कतिपय राजनीतिक दलका नेता कार्यकर्तादेखि मतदातासम्मले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता बिपरित एक अर्काे दल र नेता बिरूद्व तल्लो स्तरमा गालीगलाैज गर्ने प्रबृत्ति बढेको भन्दै उनिहरूले त्यस्ता गतिविधि नराेकिए निर्वाचन स्वतन्त्र,निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका ब्यक्त गरे ।

उनिहरूले निर्वाचन अचारसंहिता पालनामा कडाइ गर्नुपर्नेमा जाेड दिए ।कार्यक्रममा उच्च अदालत बार एशाेसिएसन बुटवलका अध्यक्ष गाेविन्द मरासिनी, निर्वाचन पर्यवेक्षण संस्था नियाेकका जिवनारायण अधिकारी,मानवअधिकारकर्मी सन्तोष आचार्य,चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक प्रसाद पाेखरेल, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा,घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेश प्रसाद अधिकारी,शिक्षक लाल प्रसाद पंगेनी,पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्य,मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति अर्जुन ज्ञवाली,सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासे,सम्वाद समूह लुम्बिनीका बरिस्ठ सहजकर्ता
सुशील बस्नेत, सहजकर्ता बिक्रम खड्कालगायतले आ आफ्नो भनाइ राखेका थिए ।