काठमाडौँ,१९ माघ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित तीन जनालाई स्रोत नखुलेको रकम र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिएको हो ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरुसँगबाट अख्तियारकाे टोलीले कुल दुई लाख ६८ हजार २८८ नगद तथा बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल नियन्त्रणमा लिइएको जनाएको छ ।