जेनजी युवासहित १७ जना कांग्रेसमा प्रवेश
बुटवल,१८ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ क्षेत्रीय समितिले वडा स्तरमा चुनाव प्रचारप्रसार कार्यालय खाेल्ने कार्यलाई तिब्रता दिएको छ ।

गत शुक्रबार क्षेत्रीय निर्वाचन परिचालन मूल समितिकाे कार्यालय उद्घाटन गरेको क्षेत्रीय समितिले आज मात्रै क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११,सैनामैना नगरपालिकाकाे चार वडाको संयुक्त कार्यालय र बुटवल उपमहानगरपालिकाकाे वडा नं ३ मा वडा स्तरीय चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ३ चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा अन्य पार्टी परित्याग गरि जेनजी युवासहित १७ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको क्षेत्रीय सचिव बिमलराज भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ३ का कार्यबाहक सभापति लक्ष्मण पाेखरेलकाे सभापतित्व र नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकाल,नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरी,रूपन्देही-२ मा नेपाली कांग्रेसका उम्मेदवार
चुन्न प्रसाद शर्मा पाैडेल,वडा उपसभापति हरीबहादुर खत्री,
सचिव महेश शर्मा पाैडेललगायतले नेपाली कांग्रेसले मात्रै जेनजी युवाहरूका माग सम्बाेधन गर्ने भन्दै यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्नेमा जाेड दिए ।