बुटवल,१८ माघ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेले आफ्नो पहलमा अगाडि बढेका अधुरा योजना पुरा गर्न र समग्र पाल्पाको समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

पाल्पाको भौतिक विकासमा आफ्नो महत्वपूर्ण भूमिका रहेकाे भन्दै उनले आफु सांसद र मन्त्री हुंदा पाल्पामा विकासका ३ सय योजना ल्याएर विकास गरेको बताए ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पुर्व मन्त्री पाण्डेले
सिद्वार्थ राजमार्गको सिद्वबाबा सुरुङमार्गदेखि पाल्पाका साना ठूला सबैजसो योजनाहरु आफ्नो पालामा ल्याएको दावी गरे । आफ्नो पहलमा अगाडि बढेका केही योजना पुरा गर्न बांकी रहेको बताउंदै उनलेे अधुरा र बांकी रहेका योजनाहरु पुरा गर्नका लागि पनि आफुले उम्मेदवारी दिएको बताए । २०७४ को निर्वाचनमा विजयी भएपछि पाल्पाले विकास पाएको र त्यसपछि २०७९ सालको निर्वाचनमा आफुले हार्दा पाल्पाको विकास रोकिएको बताउंदै पाल्पाकाे सम्वृद्विका लागि उम्मेदवार बन्न पाल्पावासीको आग्रहलाई स्वीकार गरेर आफुले उम्मेदवारी दिएको उल्लेख गरे ।

सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट माग गर्दा त्यसबेलाका अर्थमन्त्री युवराज खतिवडाले आनाकानी गर्दा संसदमा अनसन बस्ने चेताबनी दिएपछि बजेटको सुनिश्चित भएकाे भन्दै उनलेे पाल्पाको तानेसनलाई भक्तपुर जस्तै ऐतिहांसीक शहरको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए । पाल्पालाई लुम्बिनीसंग जोडेर लुम्बिनी आएका पर्यटकलाई पाल्पा विश्रामस्थल बनाउने योजनाका साथ निर्वाचनमा होमिएको बताए ।

उनले पाल्पामा बुद्ध गार्डेनसहित नेपालको सबै भन्दा ठूलो बुद्धको मूर्ति राखेर पाल्पालाई हेर्ने र देख्ने खालको बनाउने बताउंदै पाल्पाको तानसेन र श्रीनगरलाई साच्चीकै आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी विकास गरेरै छाड्ने प्रतिबद्दता जनाए ।
निर्वाचन प्रचारकैक्रममा मतलातासंग भेटघाट गर्न बुटवल झरेका सोमप्रसाद पाण्डेले आफु खुल्ला किताव भएकाले आफ्नो प्रमुख उद्देश्य पाल्पालाइ हरेक क्षेत्रबाट सम्वृद्व बनाउने रहेको जनाए ।

गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनमा विदेशी शक्ति, केन्द्रहरुको घुसपैठकाे आशंका गर्दै नेता पाण्डेले संसद,सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण निकायमा धावा बोल्नु संविधान र गणतन्त्र माथिको प्रहार भएको बताए । उनलेे अहिले देश इतिहांसमै कठिन मोडबाट गुज्रेकाे भन्दै गणतन्त्रवादी शक्तिलाई मत दिन अपिल गरे ।