बुटवल,१७ माघ ।
बुटवल हस्पिटल प्रा लि का चिकित्सक तथा कर्मचारीहरूले हस्पिटलका अध्यक्ष समेत रहेका रूपन्देही निर्वाचन क्षेत्र नं २ का उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेललाई विजयीकाे शुभकामना दिएका छन् ।
शुक्रबार बुटवलको दिपनगरमा आयोजित कर्मचारी मिलन कार्यक्रममा उनिहरूले अस्पतालका अध्यक्ष पाैडेललाई प्रतिनिधि सभा सदस्य निर्वाचन मा विजयीकाे शुभकामना दिएका हुन् ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण खनाल,अस्पतालका प्रशासकीय प्रमुख बिक्रम खड्का,विभिगीय प्रमुखहरूले बुटवल अस्पताल प्रा लि कुनै अमुक राजनीतिक दलको मात्रै नभएर यस क्षेत्रकै उत्कृष्ट अस्पताल भएको भन्दै अस्पतालका सबै चिकित्सक तथा कर्मचारीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अध्यक्ष पाैडेललाई मत दिएर विजयी बनाउने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा अस्पतालका अध्यक्ष तथा रूपन्देही-२ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका पाैडेलले यस क्षेत्रका जनताको विश्वासका कारण बुटवल हस्पिटल प्रालि यो स्थानमा पुगेको भन्दै यसको स्तर बृद्विका साथै देशको कुनै ठाउँ यो भन्दा सुविधायुक्त अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताए ।
राजनीति मार्फत समाजसेवा बाहेक आफ्नो अन्य कुनै उदेश्य नभएको बताए ।








