काठमाडौँ,१५ माघ ।
चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा मोटरसाइकल खस्दा एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको गयराती भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।