काठमाडौँ,१४ माघ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हाल लुम्बिनी,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

आज देशका सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती,मधेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।