काठमाडौ,१२ माघ ।
सरकारले बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षकाे जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।