बुटवल,१० माघ ।
बुटवलको तिनकुने स्थित फ्लेयर काेड इन्स्टिच्युट अफ हस्पिटालिटीकाे
दशाैं बार्षिकाेत्सव कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।

बार्षिकाेत्सवकाे अवसरमा नेपालमा कफि खेतीकाे सुरुवात,कफि ब्यवसायकाे सम्भावना र चुनाैति बारेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुनुका साथै एक लाख बराबरको छात्रवृत्ति अक्षयकोषकाे घाेषणा गरिएको छ ।

साे अवसरमा आयोजित नेपालमा कफि खेती तथा ब्यवसायकाे सम्भावना र चुनाैती बिषयक अन्तरक्रिया कार्यक्रममा नेपालमै बसेर
युवा ब्यवसायी समुन्द्र घिमिरे क्षेत्री, क्याफे ब्यवसायी कमलजंग कुवर,फेयर काेड इन्स्टिच्युट अफ हस्पिटालिटीका कार्यकारी निर्देशक सञ्जय घिमिरे,कफि राेष्टर पुर्ण बहादुर गुरूङलगायतले पछिल्लो समय नेपालमा कफि ब्यवसाय फस्टाउदै गएको भन्दै नेपालमै ब्यवसाय गरेर पनि राम्रो आम्दानी गर्न सकिने बताए ।

फ्लेयर काेड इन्स्टिच्युट अफ हस्पिटालिटीका कार्यकारी निर्देशक सञ्जय घिमिरेको सभापतित्व र युवा ब्यवसायी कमलजंग कुँवरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी बाैद्व विश्व विद्यालयका प्राध्यापक श्रीप्रसाद भट्टराईलगायतले नेपालमा आफू राम्रो बन्न अरूलाई गाली गर्ने संस्कृतिको विकास भएको भन्दै नकारात्मक भावनालाई त्यागेर युवाहरूले स्वदेशमै केही गरेर देखाउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा फ्लेयर काेड इन्स्टिच्युट अफ हस्पिटालिटीका कार्यकारी निर्देशक घिमिरेले १० बर्ष अघि एउटा काेठाबाट सुरु भएको ब्यवसाय एउटा फ्याट र सिंगो घर हुँदै आजसम्म आइपुग्दा दशाैं हजार दक्ष जनशक्ति उत्पादन भई स्वदेश तथा विदेशमा सेवा दिन सफल भएको बताए ।

बार्षिकाेत्वसकाे अवसरमा इन्स्टिच्युटमा कार्यरत उत्कृष्ट कर्मचारी तथा विभिन्न शाखा प्रमुखहरूलाई सम्मान गरिएको थियो ।