बुटवल,८ माघ ।
निर्वाचन आचारसंहिताका कारण बुटवलमा सञ्चालन हुन लागेको कृषि मेला रोकिएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यहि माघ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको कृषि मेला आसन्न प्रतिनीधि सभा सदस्य निर्वाचनको आचारसंहिताका कारण निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए ।

संघले सूचना जारी गरि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण यसलाई स्थगित गर्नु परेको जनाइएको छ ।

निर्वाचन पश्चात उपयुक्त समयमा मेला सञ्चालन गरिने पनि संघले जनाएको छ ।