काठमाडौं,७ माघ ।
पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ १२ गते जनकपुर जाने भएका छन् । शाह पत्नी कोमल शाहसहित जनकपुर जान लागेको पूर्वराजा शाह सचिवालयका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् ।

जनकपुरमा पूर्वराजा शाहले जानकी मन्दिर दर्शनको साथै राजावादी अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मुलुक चुनावमय हुने क्रममा रहेका बेला पूर्वराजा शाहकाे भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

भ्रमणका क्रममा जनकपुरमा राजावादीहरूकाे शक्ति प्रदर्शन गर्ने तयारी भएको बताइएको छ ।