नवलपरासी,७ माघ ।
संयुक्त संर्घष समिति नवलपरासीले उम्मेदवारी दर्ता गर्न आएका उम्मेदवारको समुहमा नै निर्वाचन बहिष्कार गर्न अपिल सहित प्रचार प्रसार गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे मनाेनयन दर्ता गर्ने दिन मंगलबार नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको १ नम्बर निर्वाचन क्षेत्रको कार्यालय बाहिर समितिको एक घटक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताले बहिष्कारको प्रचार गरेका हुन् ।
निर्वाचनको उम्मेदवारी दिन आएका नेपाली काग्रेस, एमाले, नेकपा, रास्वपालगायतका कार्यकर्ता त्यो दृश्यलाई अनौठो मानेर पर्चा समातेर पढेका देखिएको एक स्थानीयले बताए ।
आगामी निर्वाचनलाई साम्राज्यवादद्वारा प्रयोजित संसदीय निर्वाचनकाे संज्ञा दिँदै आएका ६ कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको कार्यक्रम सार्बजनिक गरेका थिए ।
जिल्लाम क्राकपा नेपाल, नेकपा (बहुमत), समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल निर्वाचन बहिष्कारकाे पक्षमा क्रियाशिल छ्न ।








