पाल्पा,७ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव अस्लामीले
करीब तीन दशकको अनवरत र अथक प्रयत्न स्वरूप प्राप्त अनुभवको आधारमा पाल्पाली जनमतको उच्च सम्मान गर्दै देश जोड्ने र आउने पुस्ताको लागि थिति बसेको नेपाल बनाई हस्तान्तरण गर्ने संकल्पकासाथ उम्मेदवारी दिएको बताए ।
“नेपालको राजनीतिक पृष्ठभूमिमा विगत ३५ वर्षको इमान्दार इतिहास र विरासत बोकेको दल राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवारी दिएको छु । करीब तीन दशकको अनवरत र अथक प्रयत्न स्वरूप प्राप्त अनुभवको आधारमा पाल्पाली जनमतको उच्च सम्मान गर्दै देश जोड्ने, आउने पुस्ताको लागि थिति बसेको नेपाल बनाई हस्तान्तरण गर्न संकल्पित छु ।” उनलेे भने ।
पाल्पाको तानसेन नगरपालिका वडा नं १० तेल्घा निवासी अस्लामी यसअघि पत्रकारीतामा पनि क्रियाशील थिए ।








