बुटवल,६ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीले रूपन्देही,पाल्पा नवलपरासी,इलामसहित १० जिल्लामा उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशी मगरलाई रुपन्देही २, महासचिव टाेप अस्लामीलाई पाल्पा-२ र पार्टीका केन्द्रीय सचिव माेजिव अलीलाई रूपन्देही-३ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रुपन्देही-१ मा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, रूपन्देही-४ मा सुदर्शन यादव तथा ईलाम २ पवित्रा लिम्बुलाई उम्मेदवार बनाएको छ ।
पार्टीले रूपन्देही-२ मा केन्द्रीय अध्यक्ष सुर्यवंशीलाई उम्मेदवार बनाउने निर्णय गरे पनि वैकल्पिक उम्मेदवारको रूपमा पार्टीका केन्द्रीय सदस्य/रुपन्देही जिल्ला इन्चार्ज/राष्ट्रिय महिला मोर्चाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष मधु रानालाई पनि अगाडि सार्नसक्ने सम्भावना रहेको पार्टी निकट स्रोतले जनाएको छ ।
नवलपरासी पश्चिम,नवलपरासी पूर्व,कपिलवस्तु,स्याङ्जालगायतका जिल्लाहरूमा पनि उम्मेदवार छनाेट कार्य भइरहेको महासचिव टाेप अस्लामीले जानकारी दिए ।








