बुटवल,५ माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५ वटै निर्वाचन क्षेत्रका लागि उमेद्धारको टुंगो लगाएको छ ।

आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै क्षेत्रका लागि उमेद्धारको टुंगो लागेको सो पार्टीले जनाएको छ ।

रूपन्देही क्षेत्र नम्बर १ बाट घनश्याम यादव, क्षेत्र नम्बर २ बाट स्व. भक्ति पाण्डेका छोरा सुवास पाण्डे (विश्वदिप), क्षेत्र नम्बर ३ बाट फैज अहमद खान, क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव र क्षेत्र नम्बर ५ बाट पूर्व मन्त्री वकिल मुसलमान उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर ४ का बाबुलाल एकीकृत समाजवादी पृष्ठभूमिका हुन् ।

क्षेत्र नम्बर २ का पाण्डे लामो समय पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसंग काम गरि पुन नेकपामा समाहित भएपछि उम्मेदवार बनेका हुन् । बाकी ३ जना भने माओवादी पृष्ठभूमिका हुन् ।

जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेसँगै निर्वाचनको तयारीमा लाग्न नेताहरुले आग्रह गरेका छन् ।