बुटवल,४ माघ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही -२ बाटै चनाव लड्ने भएका छन् ।

शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा– २ बाट उम्मेदवार बनाउने निर्णय गरेपनि अलोचना भएपछि पौडेल रुपन्देही-२ बाटै उम्मेदार बन्ने भएका हुन् ।

पौडेल यसअघिको निर्वाचनमा सोहि क्षेत्रबाट विजयी भएका थिए । उनी पाल्पा-२ बाट उम्मेदवार बन्ने भएपछि रुपन्देहीका कार्यकर्ताले विरोध गरेका थिए भने पाल्पा–२ बाट एमाले नेता ठाकुर गैरेलाई टिकट नदिएको भन्दै पाल्पामा पनि असन्तुष्टि बढेको थियो ।

त्यस्तै एमालेले यसअघि खाली राखेको रुपन्देही- १ मा दधिराम न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले रुपन्देहीको ३ नम्बर क्षेत्रमा बासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर ४ मा सुनिता ठटेरलाई टिकट दिएको जनाइएको छ । त्यस्तै क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको जनाइएको छ ।