नवलपरासी,४ माघ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टागेर बिरोध जनाएको छ ।

साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनले राजनैतिक निकास दिन नसक्ने बताउदै संघले स्वाधीन संयुक्त सरकारको माग गरेको हो ।

दलाल एवं भ्रष्ट संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचन जनताको अधिकार सुनिश्चित नहुने भन्दै निर्वाचन बहिष्कारको आह्वान गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ६ कम्युनिस्ट पार्टीले आगामी चुनाव बहिष्कारको घाेषणा गरेका छन् ।