काठमाडौँ,४ माघ ।
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । यसबारे निर्वाचन आयोगले सरकारलाई जानकारी गराएको छ ।

आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा आचारसंहितबारे जानकारी गराएको हो । आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण गरिएको थियो ।

निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू गर्ने आयोगले निर्णय गरिसकेको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसँगै मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारी उपस्थित रहेका थिए ।