बुटवल,३ माघ ।
नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पार्टीमा मौलाउँदै गएको अधिनायकवाद, नातावाद, गुटबन्दी, भ्रष्टाचार र गाली–बेइज्जतीको संस्कृतिसँग असहमत हुँदै एमाले छाडेको उनलेे बताएका छन् ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिका–३ निवासी पौडेलले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा अब स्वतन्त्र रहने घोषणा गरेका छन् । पौडेल एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनि कानुन आयोगका सदस्यसमेत रहेका थिए ।
यसअघि उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, एमाले रुपन्देही सचिवालय सदस्य तथा विभिन्न कमिटीमा जिम्मेवारी सम्हालिसकेका थिए । साथै, सरकारी नियुक्तिमा सहयोग पुर्याएको भन्दै उनले पार्टीका शीर्ष नेताहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।








