काठमाडौँ,२ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
विहिबार मध्ये राति १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएकोले मुल्य घटाइएको निगमले जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५६ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३६ कायम भएको छ ।








