काठमाडौँ,१ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयले महान्यायाधिवक्ता कार्यालयकाे इतिहासमै कलंकित बनेको टिप्पणी गरेका छन् ।
बिहीबार राजधानी काठमाडौंमा आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ताकाे कार्यालय इतिहासमै कलंकित बनेको टिप्पणी गरेका हुन् ।
अहिले विश्वभरजस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै उनलेे थिति र विधिको शासन देशमा नभएको बताए ।
उनले अहिले मुलुकमा सुशासन र थिति नभएको भन्दै कसैलाई ठगे पनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी समेत गरे । ‘आज थिति र विधिको शासन होइन, जसको लाठी, त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय बनेको छ ।’
रविको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै उनले प्रश्न गरे ।








