बुटवल,१ माघ ।
रुपन्देहीको देवदहमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका वडा नं ७ ठुलीचौर निवासी ७२ बर्षिय राम बहादुर गुरुङ रहेका छन्
मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
बिहिवार विहान पूर्वबाट पश्चिम तर्फ आउँदैगरेको लु ३५ प ६५२५ नं को मोटरसाईकलको ठक्करबाट पैदलयात्री गुरुङ गम्भिर घाईते भएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका गुरूङलाई उपचारको लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएकाे र उपचारको क्रममा उनको मृत्यु भएको देवदह प्रहरी चौकीका इन्सपेक्टर भिमसेन विष्टले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








