काठमाडौँ,३० पुस ।
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गरेको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुवै महामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको हो । दुवै महामन्त्रीसँगै कांग्रेसले सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ ।

विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्रीद्वाय थापा र शर्मा तथा सहमहामन्त्री मंसुरमाथीकाे कारबाहीसँगै पार्टी फुटतर्फ जाने निस्चित जस्तै भएको छ । महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी रहेको छ ।

विशेष महाधिवेशनमा कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ ।

विशेष महाधिवेशन पक्ष नयाँ नेतृत्व चयनको प्रक्रियामा गएपछि संस्थापन पक्षले कारबाही गरेको हो ।