नवलपरासी,३० पुस ।
क्रान्तिकारी किसान महासंघ जिल्ला संगठन समिति नवलपरासीले संसदीय निर्वाचन बहिष्कारको अपिल सहित प्रचारप्रसार गरेको छ ।

दलाल संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचनले किसानहरुको हित नगर्ने भएकोले बहिष्कार सहि विकल्प भएको जिल्ला संयोजक रामचन्द्र पोख्रेलले बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट उक्त महासङ्गले बहिष्कार कार्यक्रमलाई सफल बनाउन आम किसानमा अपिल समेत गरेको छ ।

यसैबीच जिल्लाब्यापी प्रचारको क्रममा बुधबार बर्दघाट- ५ सखुवानी र बर्दघाट-१६ का बिभिन्न बस्तीमा बहिष्कार कार्यक्रम गरिएको संयोजक पोखरेलले जानकारी दिए ।

निर्वाचन नभई स्वाधीन संयुक्त सरकार बनाउनु पर्ने भन्दै उनलेे संयुक्त संघर्ष समितिको कार्यक्रममा ऐक्यबद्धता रहेकाे बताए ।