पाल्पा,३० पुस ।
पाल्पाकाे जोर्तेमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाकाे रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना ८ ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिए ।

नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जादै गरेको उक्त टिप्पर आज बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक चालकको नाम केशव परियार भएको खुलेको छ । अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ हार्थोक र अर्गली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान कार्यमा खटिएको प्रहरीले जनाएको छ ।